काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान गर्नुपर्ने मागसहित अख्तियारमै उजुरी दर्ता भएको छ।
सिन्धुली कमलामाई नगरपालिका–६ का युवराज पौडेलले राईविरुद्ध दर्ता गराएको उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको हो। पौडेलले वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण तथा नक्कली भुटानी शरणार्थी काण्डका आरोपीहरूले राईको गाडीमा पैसा हालिदिएको विषयमा छानबिन गर्न माग गरेका छन्।
यसअघि विशेष अदालतले वाइडबडी भ्रष्टाचार मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै दूषित निर्णय प्रक्रियामा संलग्न व्यक्तिमाथि अनुसन्धान नहुँदा अभियोजन चयनात्मक भएको टिप्पणी गरेको थियो।
अब आयोगकै प्रमुखविरुद्ध उजुरी दर्ता भएपछि अख्तियारभित्र नै नयाँ विवाद चुलिन सक्ने देखिएको छ।





