समाचार

इम्बोस्ड नम्बर प्लेट नेपालीमै राख्नुपर्छ : नेपाली लेखक संघ

काठमाडौं : नेपाली लेखक संघले नेपालभित्र दर्ता भएका सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने सरकारी निर्णयको विरोध गर्दै नेपाली भाषामा नै राख्नुपर्ने माग गरेको छ।

बुधबार जारी विज्ञप्तिमा संघका अध्यक्ष वियोगी बुढाथोकीले अंग्रेजी नम्बर प्लेट प्रयोग गर्नु नेपाली भाषाको अवमूल्यन भएको आरोप लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ, “नेपालभित्र दर्ता भएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामै हुनुपर्ने भन्ने सरकारको निर्णय अझै यथावत् रहेको र कार्यान्वयनमा समेत लग्न खोजिएको विषयप्रति नेपाली लेखक संघको गम्भीर ध्यानाकर्षण भएको छ।”

संघले सुरुदेखि नै यस निर्णयप्रति असहमति जनाउँदै आएको स्मरण गराउँदै राष्ट्रको आधिकारिक भाषा संरक्षण र सम्मान गर्न सरकारलाई आग्रह गरेको छ।

सेयर गर्नुहोस् :