काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली दर्ता अझै खुला रहेको स्पष्ट पारेको छ। निर्वाचन मिति घोषणा भइसकेको भए पनि, मतदानका लागि योग्य नयाँ मतदाताहरूले नामावली दर्ता गराउन सक्ने आयोगले जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने तथा कम्तिमा १६ वर्ष उमेर पुगेका र नागरिकता प्रमाणपत्र प्राप्त गरेका नेपालीहरू मतदाता नामावलीमा नाम दर्ता गराउन योग्य छन्।
हालैको जेनजी आन्दोलनमार्फत सरकार परिवर्तन गराएर नयाँ नेतृत्वमा शुशिला कार्कीको सरकार बने पछि युवा मतदाताहरूको सहभागिता तथा उनीहरूको मतदान अधिकारबारे उठेको अन्योल बीच आयोगले नामावली दर्ता रोकिएको छैन भनेर स्पष्ट पारेको हो।





