काठमाडौं : नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहणलगत्तै टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खनालले पूर्वतयारी विना सञ्चालन गरिँदै आएका योजनाहरू रोक्ने घोषणा गरेका हुन। उनले अनावश्यक खर्च कटौती गरी युवाका माग पूरा गर्ने र निर्वाचन तयारीलाई प्राथमिकता दिने स्पष्ट गरे।
“अबको प्राथमिकता युवाका माग पूरा गर्नु र निर्वाचन सुनिश्चित गर्नु हो। त्यसकारण खर्च कटौती गर्न टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरिएको हो,” मन्त्री खनालले भने। पदभार ग्रहण समारोहमा उनले आफूलाई ‘माननीय’ नभनिदिन पनि आग्रह गर्दै कर्मचारीहरूलाई सहयोगका लागि आह्वान गरेका छन।





