खेलकुद

लुम्बिनीले जित्यो एनपीएलको उपाधि, सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा

काठमाडौं :नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा सीमित बन्यो।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रनमै अलआउट भयो, जुन एनपीएल इतिहासकै पहिलो इनिङ्सको सबैभन्दा कम स्कोर हो। सुदूरपश्चिमका लागि इशान पाण्डेले ३३ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले १३ रन जोडे। अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्। लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाउँदै ८६ रन पूरा गर्‍यो। लुम्बिनीका लागि दिनेश अधिकारीले १३ बलमा ५ छक्का सहित आक्रामक पारी खेले। बलिङ तर्फ कप्तान रोहित कुमार पौडेलले ह्याट्रिक सहित ३ विकेट लिए, साथै रुबेन ट्रम्पलमेन र शेर मल्लले पनि ३–३ विकेट लिए।

सेयर गर्नुहोस् :