काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्रीले गृहमन्त्रालय अस्थायी रूपमा आफैं सँग राख्ने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तत्काल नयाँ गृहमन्त्री नियुक्त नगरी हालका लागि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने योजना बनाइएको छ।
गुरुङसँग जोडिएको विवाद बारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी पनि सरकारले गरेको छ। स्रोतका अनुसार उक्त समितिले प्रतिवेदन नबुझाउँदा सम्म गृहमन्त्रालय प्रधानमन्त्री कै मातहतमा रहनेछ।
छानबिन समितिले दोष नदेखाएमा गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिन सकिने सम्भावना रहेको बताइएको छ।





