काठमाडौँ। जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका दमन र विध्वंशका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आगामी साता तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने तयारी गरिरहेको छ।
आयोगले यसअघि सुरक्षा निकायका उच्च अधिकारीहरूबाट बयान लिइसकेको छ। तीन महिनाको म्यादसहित गठन गरिएको आयोगले अझै विवरण संकलन र प्रतिवेदन लेखन बाँकी रहेकाले समयावधि थपिने लगभग निश्चित भएको छ। आयोग अध्यक्षले प्रधानमन्त्रीसँग भेट गरी म्याद एक महिना थप्न आग्रह गरेका छन्।




