काठमाडौ। नेपालको यू-१९ क्रिकेट टोली एसीसी यू-१९ एसिया कपमा लगातार तेस्रो हार भोग्दै जितविहीन भएको छ। समूह बी अन्तर्गत अफगानिस्तानसँगको अन्तिम खेलमा नेपाल ६ विकेटले पराजित भएको हो।
नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपाल यसअघि श्रीलंका र बंगलादेशसँग क्रमशः ८ र ७ विकेटले पराजित भएको थियो। समूह बी बाट श्रीलंका विजेता र बंगलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।





