धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस ४ गते (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यो पर्व सुदूरपश्चिम प्रदेश पहाडी जिल्लाहरूका साथै तराईमा पनि मनाइन्छ। प्रदेश सरकारको राजपत्रअनुसार सो दिन सबै सरकारी तथा सार्वजनिक निकाय बन्द रहनेछन्। भुवा पर्व पुस महिनाको औँसीबाट सुरु हुने र पिठोको टीका लगाएर ‘पिठाया’ सहित गाउँ–गाउँमा भुवा नाच प्रदर्शन गर्ने परम्परा रहेको छ।





