काठमाडौँ। नेकपा एमालेको पदाधिकारी निर्वाचनमा अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारीका १९ पदमध्ये दुई जनाबाहेक १७ जना ओली पक्षका उम्मेदवार विजयी भएका छन्।
उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन्।उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी भए भने सचिव पदमा महेश बस्नेत,पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा,शेरधन राई, हिक्मतकुमार कार्की,खगराज अधिकारी,यामलाल कंडेल ,राजन भट्टराई ,भानुभक्त ढकाल सहित नौ जना निर्वाचित भएका छन्। यससँगै एमालेको नयाँ पदाधिकारी टीममा ओली पक्षको बहुमत कायम भएको छ।





