समाचार

लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौ। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका बेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन सोमबार जाने भएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै लेखकले आयोगले घटना बारे जानकारी लिन बोलाएकाले आफू बयान दिन जान सहमत भएको बताए। आयोगले सुरुमा शुक्रबार बोलाए पनि आफूले सोमबार उपस्थित हुने निर्णय गरी त्यसको जानकारी आयोगलाई गराइसकेको जानकारी दिएका छन।

सेयर गर्नुहोस् :