काठमाडौँ। पोखरा स्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा लाग्नेहरूमा पूर्वसचिव तथा नेपाल नागरिक उड्डयन प्राधिकरण का तीन पूर्वमहानिर्देशक समेत रहेका छन्।
आरोपअनुसार विमानस्थल निर्माणका क्रममा दोहोरो बजेट बनाइएको, परामर्शदाता नियुक्तिमा अनियमितता गरिएको र ठेकेदार कम्पनीसँग मिलेमतो गरी सार्वजनिक सम्पत्तिमा ठूलो आर्थिक नोक्सानी पुर्याइएको छ। China CAMC Engineering सँगको सम्झौतामा रहेको रकम प्रयोग नगरी अतिरिक्त बजेट स्वीकृत गराइएको र लागत अस्वाभाविक रूपमा बढाइएको अख्तियारको निष्कर्ष छ।
अख्तियारले यस प्रकरणमा संलग्न सबैलाई बिगो, जरिवाना तथा कानुनी कारबाहीको माग गरेको छ।







