समाचार

जेनजी आन्दोलनका घाइते प्रकाश बोहोरा रास्वपाको समानुपातिक उम्मेदवार

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा घाइते भएका दैलेखका प्रकाशबहादुर बोहोरालाई समानुपातिक उम्मेदवार बनाएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीमा उनी खस–आर्यतर्फ चौथो स्थानमा छन्। जेनजी आन्दोलनका बेला गोली लागेर घाइते भएका बोहोराको रक्ताम्य जुत्ता आन्दोलनको प्रतीकका रूपमा चर्चित बनेको थियो। हाल पनि उनी उपचाररत छन्। बन्दसूचीमा जेनजी घाइते बोहोरा संगै कालिकोटका पवन शाही, रुकुम पश्चिमका बोहोरा र सुर्खेतमा हिरालाल बादी र सीता बादीको नाम समेटिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :