समाचार

रास्वपाले झापाको पाँच वटै क्षेत्रको उम्मेदवार टुंग्यायो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाका पाँचै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाएको छ।

क्षेत्र नं. १ मा निशा डाँगी, २ मा इन्दिरा राना, ३ मा प्रकाश पाठक, ४ मा शम्भु ढकाल र ५ मा बालेन्द्र शाह (बालेन)लाई टिकट दिइएको छ। काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएका बालेन झापा–५ बाट उम्मेदवार बनेका हुन्। इन्दिरा राना निवर्तमान उपसभामुख थिइन,डाँगी पूर्व समानुपातिक सांसद हुन् भने पाठक र ढकाल रास्वपाका जिल्ला तहका नेताहरू हुन्।

सेयर गर्नुहोस् :