काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको चुनावी भ्रमणमा जाने भएका छन।
उनले सोमबार नेपालगञ्ज हुँदै कैलाली पुगेर कैलाली क्षेत्र नं. २ बाट आफ्नो चुनावी अभियान सुरू गर्ने भएका हुन। उक्त क्षेत्रमा रास्वपाबाट उम्मेदवार बनेका केपी खनालको चुनावी सभामा बालेन सहभागी हुने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका छन्, जहाँ उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दै छन्।
झापाबाट उम्मेदवारी दिएपछि उनले नेपालका पूर्वी पहाडी जिल्लाहरूमा समेत चुनावी अभियान सञ्चालन गरिसकेका छन्।





