काठमाडौ। सरकारले नागरिकलाई छिटो र पारदर्शी सेवा दिने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत १० बुँदे प्रमुख सुधार योजना सार्वजनिक गरेको छ।
मन्त्रिपरिषद्को निर्णय अनुसार नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्दै मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ देखि दूरसञ्चार सेवा सुधार सम्मको कार्ययोजना अघि बढाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदयबहादुर रानामगरका अनुसार, नागरिक एप देखि हुलाक र टेलिकम सेवा सम्म सुधार ल्याउन समय सीमा तोकेर काम सुरु गरिएको छ।







