समाचार

सुकुमबासी बस्ती हटाउने विषयमा बोले बालेन

काठमाडौँ। सरकारले शनिबार बिहानदेखि काठमाडौँका नदीकिनारमा रहेका सुकुमबासी बस्तीहरू हटाउने अभियान सुरु गरेको छ। वैकल्पिक व्यवस्थापन नगरी बस्ती हटाउन लागिएको भन्दै प्रभावित बासिन्दाहरू आक्रोशित बनेका छन्।

सरकारको उक्त निर्णयविरुद्ध स्थानीयहरूले उचित बसोबासको व्यवस्था बिना विस्थापन गर्न नहुने भन्दै विरोध जनाइरहेका छन्। वर्षौँदेखि नदी किनारमा बसोबास गर्दै आएका उनीहरू हरेक वर्ष बाढीको जोखिम झेल्दै आएका छन्।

यसैबीच, काठमाडौँ महानगरका मेयर बालेन शाहले भने दीर्घकालीन समाधानका लागि यो कदम चालिएको बताएका छन्। उनले देशभरका वास्तविक सुकुमबासीलाई पहिचान गरी प्रक्रिया पूरा गरेर यथाशीघ्र जग्गा वितरण गरिने उल्लेख गर्दै वर्षौँ पुरानो समस्या समाधान गर्ने बताएका छन।

शाहका अनुसार नदीकिनारका बस्तीहरूको व्यवस्थापनले बासिन्दाको सुरक्षा सुनिश्चित गर्नुका साथै उपत्यकाको ढल निकास प्रणाली सुधार गर्न पनि सहयोग पुग्नेछ। उनले हरेक वर्ष बाढीका कारण स्थानीयहरू ज्यान जोगाउन घरबार छोडेर भाग्नुपर्ने अवस्था अन्त्य गर्न सुरक्षित स्थानमा स्थानान्तरण आवश्यक रहेको बताए।

थापाथली, गैरीगाउँ र मनोहरा लगायत क्षेत्रका बस्तीहरूलाई बल प्रयोग नगरी, मानवीय ढंगले सुरक्षित स्थानमा सारिने जानकारी दिँदै उनले सरकार यस कार्यमा प्रतिबद्ध रहेको जनाए छन।

https://web.facebook.com/share/p/1Dr6uQfS4n

सेयर गर्नुहोस् :