समाचार

७७ जिल्लामा अतिक्रमण हटाउने तयारी, सीडीओलाई गृहको पत्र

काठमाडौं। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने तयारी गर्न निर्देशन दिएको छ।

मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सम्बन्धित निकायसँग समन्वय गरी अतिक्रमित जग्गा पहिचान गर्न र हटाउने योजना तयार गरी पठाउन भनेको छ।

यस अघि चैत २० गते पनि यस्तै निर्देशन दिइएको थियो। बुधबार सचिवस्तरीय निर्णयपछि अतिक्रमण हटाउने कार्यका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन समेत सम्बन्धित निकायलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।

सेयर गर्नुहोस् :