काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभिन्न विभागका प्रमुख तोकेको छ। केन्द्रीय समितिको बैठकले ६ वटा विभागको नेतृत्व टुंगो लगाएको हो।
रास्वपाका अनुसार आर्थिक विभागको प्रमुखमा लिमा अधिकारी, अन्तर्राष्ट्रिय विभागमा शिशिर खनाल र संगठन विभागमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, पूर्वाधार विभागको प्रमुखमा निशा डाँगी, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की तथा सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागमा विजय जैरुलाई जिम्मेवारी दिइएको छ।
पार्टीको संशोधित विधान अनुसार गठन गरिएका विभागले सम्बन्धित क्षेत्रको नीति निर्माण, संगठन विस्तार, परिचालन तथा विषयगत गतिविधि अघि बढाउने रास्वपाले जनाएको छ।
बाँकी विभागका प्रमुखसमेत क्रमशः मनोनयन गर्ने तयारीमा पार्टी रहेको जनाइएको छ।




