खेलकुद

तेन्जिङ शेर्पाले दिलाए नेपाललाई एसियाली खेलकुदमा पहिलो पदक

काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजी भन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन् ।

टोयाहाशी जिम्नेसियममा बुधबार भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

कास्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे । उनले युकोबाट ६ र इप्पोनबाट ३ अंक जोड्दै सहज जित निकाले ।

यसअघि क्वाटरफाइनलमा तेन्जिङ मकाउका खेलाडीसँग १–० ले पछाडि परेका थिए । तर विपक्षी खेलाडीले गरेको गल्तीका कारण तेन्जिङलाई विजेता घोषणा गरिएको थियो ।

तेन्जिङको कास्यसँगै २०औं एसियाली खेलकुदमा नेपालको पदक खाता खुलेको छ ।

सेयर गर्नुहोस् :