समाचार

नक्कली कागजात, साउदीबाट फर्किदा नेपाली नै ठहरिएनन्

काठमाडौ। साउदी अरबबाट डिपोर्ट भएर नेपाल आइपुगेका तीन जना महिलाले १० वर्षअघि नक्कली नेपाली राहदानी प्रयोग गरी भारत हुँदै साउदी पुगेको तथ्य खुलेको छ। उनीहरू नेपाली भाषा र मातृभाषा बोल्न नसक्ने तथा नेपालमा आफ्नो स्थायी ठेगाना खुलाउन नसकेपछि त्रिभुवन विमानस्थल अध्यागमनले शंका गर्दै नियन्त्रणमा लिएको थियो। डिपोर्ट गरेका तीन जना कलमाया तामाङ, इन्द्रमाया लिम्बू र सानुमाया तामाङका नाममा नेपाली राजदूतावासमार्फत ट्राभल डकुमेन्ट बनाएर नेपाल आएका थिए ।

प्रारम्भिक अनुसन्धानमा उनीहरू नेपाली नागरिक नभई दुई जना भारतीय र एक जना बंगलादेशी महिला भएको आशंका गरिएको छ। संगठित गिरोहमार्फत नेपाली नाम र ठेगाना प्रयोग गरी हस्तलिखित नेपाली राहदानीमा फोटो परिवर्तन गरेर साउदी पठाइएको देखिएको छ।

सेयर गर्नुहोस् :