काठमाडौं। जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने ८ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको उक्त कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न निकायको सिफारिसका आधारमा कम्पनीहरूलाई कालो सूचीमा राखिएको जनाएको हो। सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कारबाही गर्दै ती कम्पनीलाई १ देखि ३ वर्ष सम्मका लागि कालो सूचीमा राखिएको […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने वा नलिनुपर्ने विषयमा सर्वोच्च अदालतले चार संवैधानिक प्रश्न सार्वजनिक गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अधिवक्ता वीरेन्द्र केसीलगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै गम्भीर व्याख्या आवश्यक रहेको ठहर गरेको हो। रिट निवेदनमा जसपाले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिए सरकार वैधानिक रहँदैन […]
काठमाडाै:सरकारले पहिलो पटक भारतमा रोजगारीका लागि जाने लाखौं नेपालीलाई औपचारिक श्रम आप्रवासन नीतिको दायरामा ल्याएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ ले अब भारत जाने श्रमिकको पनि सामाजिक सुरक्षा र अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यसअघि भारतमा जाने श्रमिकहरू वैदेशिक रोजगारको औपचारिक परिभाषाबाट बाहिर थिए। खुला […]