समाचार

सामाजिक सञ्जालमा भ्रामक, मिथ्या सूचना फैलाउने माथि निर्वाचन आयोगले सुरु गर्यो कारबाही

काठमाडौ। निर्वाचन आयोगले सामाजिक सञ्जालमा फैलाइने भ्रामक, झुटा र घृणास्पद सूचना विरुद्ध कारबाही सुरु गरेको छ।

पहिलो चरणमा ९८ वटा हानिकारक सामग्री पहिचान गरी नेपाल प्रहरीको साइबर ब्युरो, प्रेस काउन्सिल र सम्बन्धित सामाजिक सञ्जाल प्लेटफर्मलाई कारबाहीका लागि पत्राचार गरिएको छ।

निर्वाचनको स्वच्छता जोगाउन आयोगले यूएनडीपीको सहयोगमा विकसित ई-मनिटर प्लस सफ्टवेयर प्रयोग गरी अनलाइन ‘टक्सिक इन्फर्मेसन’ निगरानी बढाएको छ।

आयोगले मत सर्वेक्षण, सिट संख्या भविष्यवाणी जस्ता सामग्रीहरू निर्वाचन आचारसंहिता विपरीत हुने स्पष्ट पार्दै यस्ता गतिविधि गर्ने पेज वा मिडिया माथि कारबाही गरिने चेतावनी दिएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :