अन्तराष्ट्रिय

एक विद्यालयमा आक्रमण, ४० जनाको मृत्यु भएको इरानी गभर्नरको दाबी

काठमाडौ। इरानको दक्षिणी क्षेत्र मिनाबमा रहेको एक विद्यालयमा भएको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी गभर्नरले दाबी गरेका छन्।

इरानी सरकारी समाचार संस्था आइआरएनएका अनुसार अमेरिका-इजरायलद्वारा गरिएको भनिएको उक्त आक्रमणमा मिनाब स्थित प्राथमिक तहको एक छात्रा विद्यालय निसाना बनेको थियो। आक्रमणपछि मृतक संख्या बढेर ४० पुगेको जनाइएको छ।

यसअघि स्थानीय अधिकारी तथा प्रान्तीय सञ्चार माध्यमहरूले मृतक संख्या २४ रहेको बताएका थिए। तर पछिल्लो विवरण अनुसार मानवीय क्षति उल्लेखनीय रूपमा बढेको इरानी अधिकारीहरूले जनाएका छन्।

घटनाको विस्तृत विवरण तथा आक्रमणसम्बन्धी थप जानकारी सार्वजनिक हुन बाँकी रहेको बताइएको छ।

सेयर गर्नुहोस् :