समाज

यस्तो छ आजका लागि फलफूल र तरकारीको थोक मूल्य

काठमाडौँ। काठमाडौ स्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। गोलभेँडा ठूलो (भारतीय) रु ७०, गोलभेँडा सानो (लोकल) रु ४५, आलु रातो रु २२ र प्याज सुकेको (भारतीय) रु ३६ प्रतिकिलो तोकिएको छ। त्यसैगरी गाजर (लोकल) रु ५०, बन्दा (लोकल) रु ३५, काउली रु ३५, सेतो मूला (लोकल) रु १५ र भन्टा रु ५५–६० प्रतिकिलो कायम भएको छ।

फलफूलतर्फ स्याउ (फुजी) रु ३००, केरा प्रतिदर्जन रु १९०, कागती रु २६०, अनार रु ३३० र अङ्गुर रु २२०-३२० प्रतिकिलो निर्धारण गरिएको छ। त्यस्तै अदुवा रु १३०, सुकेको खुर्सानी रु ४५०, हरियो खुर्सानी रु १५० र अकबरे खुर्सानी रु ९०० प्रतिकिलो तोकिएको छ। ताजा माछामा रहु रु ३५०, बचुवा रु २८० र छडी रु २५० प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।

सेयर गर्नुहोस् :