काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चार जना सांसदको नाम टुङ्गो लगाएको छ। आइतबार धुम्वाराही स्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले प्राप्त मत अनुसार निर्धारित चार सीटका लागि उम्मेदवार चयन गरेको हो।
पार्टीले खसआर्य पुरुष तर्फ भरत गिरी, खसआर्य महिला तर्फ खुस्बु ओली, जनजाति महिला क्लष्टरमा सरस्वती लामा, र मुस्लिम पुरुष क्लष्टरमा ताहिर अलीको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ।





