समाचार

राति बन्द हुने भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, उडान समय कटौती

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति बन्द हुने भएको छ।

विमानस्थल सुधार आयोजनाअन्तर्गत धावनमार्ग नजिक विभिन्न निर्माण कार्य गर्नुपर्ने भएकाले राति ११:४५ देखि बिहान ६:३० बजेसम्म विमानस्थल बन्द गर्ने निर्णय गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

कार्यालयले नोटाम जारी गर्दै आज (सोमबार) रातिदेखि जेठ ४ गते सम्म दैनिक रूपमा उक्त समयावधिमा विमानस्थल बन्द रहने जानकारी दिएको छ। यससँगै उडान समय पनि कटौती गरिएको छ।

सेयर गर्नुहोस् :