समाचार

राजनीति

रवि र बालेनबिच भएको ७ बुँदे सहमतिमा के छ ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमति भएको छ। सहमति अनुसार रवि लामिछाने रास्वपाको केन्द्रीय सभापति रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिनेछ। सहमतिमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, बहुलवादी लोकतन्त्र र […]

समाचार

एकताको साँचो अर्थ कसैलाई समाप्त पार्नु होइन

काठमाडौ। ऊर्जामन्त्री कुलमान घिसिङले एकताको सही अर्थ कसैलाई समाप्त गर्नु नभई सबैको अस्तित्व स्वीकार गर्दै सम्मानपूर्वक अघि बढ्नु भएको बताएका छन्। शनिबार काठमाडौंको बौद्धमा आयोजित उज्यालो नेपाल पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले जनताको चाहना नयाँ राजनीतिक शक्तिहरू अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकजुट होऊन् भन्ने रहेको उल्लेख गरे। घिसिङले देश अब पुरानै ढर्राबाट अघि […]

समाचार

फागुन २१ गते हुने निर्वाचनका लागि योग्य मतदाता संख्या सार्बजनिक

काठमाडौ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएको छ। फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। कुल मतदातामध्य ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य […]

राजनीति

मेयर बालेन र कुलमान बीच भेटवार्ता

काठमाडौं। मेयर बालेन शाह र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङबीच शनिबार बिहान भेटवार्ता भएको छ। रास्वपासँग एकीकरणका विषयमा संवाद चलिरहेका बेला बालेनले घिसिङलाई रास्वपाबाट आएको प्रस्ताव र एकीकरणको मोडालिटीबारे जानकारी गराएका हुन्। घिसिङनिकट स्रोतका अनुसार बालेनले पहिले समर्थन रहने स्पष्ट पारेका थिए र अहिले एकीकरणबारे छलफल सुरु भएपछि त्यसबारे जानकारी गराएका हुन्। रास्वपा सभापति रवि लामिछाने […]

राजनीति

रवि-बालेन एकतामा हस्ताक्षर शनिबारलाई हुने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचको एकतामा हस्ताक्षर शनिबार हुने भएको छ। शुक्रबार नै हस्ताक्षर गर्ने तयारी भए पनि नेताहरूको व्यस्तता र केही प्राविधिक कारणले मिति सारिएको रास्वपा सचिवालय सदस्य शिशिर खनालले जानकारी दिएका छन्। मङ्गलबार र बिहीबार भएका दुवै नेताबीचका भेटघाटले सहमतिको वातावरण बनेको र हस्ताक्षरपछि केही […]

समाचार

नक्कली कागजात, साउदीबाट फर्किदा नेपाली नै ठहरिएनन्

काठमाडौ। साउदी अरबबाट डिपोर्ट भएर नेपाल आइपुगेका तीन जना महिलाले १० वर्षअघि नक्कली नेपाली राहदानी प्रयोग गरी भारत हुँदै साउदी पुगेको तथ्य खुलेको छ। उनीहरू नेपाली भाषा र मातृभाषा बोल्न नसक्ने तथा नेपालमा आफ्नो स्थायी ठेगाना खुलाउन नसकेपछि त्रिभुवन विमानस्थल अध्यागमनले शंका गर्दै नियन्त्रणमा लिएको थियो। डिपोर्ट गरेका तीन जना कलमाया तामाङ, इन्द्रमाया लिम्बू र […]

राजनीति

रवि–बालेनबीच आज एकता, रास्वपाको नेतृत्व रवि, प्रधानमन्त्रीको उम्मेदवार बालेन

काठमाडौ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आज औपचारिक एकताको घोषणा हुने भएको छ। दुवै नेताबीच पछिल्ला केही दिनदेखि भइरहेको निरन्तर छलफल आज निर्णायक मोडमा पुगेको हो। विश्वस्त स्रोतका अनुसार रवि र बालेनबीच दुई चरणमा एक्लाएक्लै गहिरो संवाद भएको थियो। ती संवादपछि दुवै जना एउटै राजनीतिक धारमा […]

राजनीति

आज रातिसम्म टुंगिन सक्ने रवि–बालेन छलफल

काठमाडौँ। रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच जारी छलफल आज रातिसम्म निर्णायक टुंगोमा पुग्ने तयारी भइरहेको छ। पार्टी एकता वा सहकार्यको औपचारिक घोषणा गर्ने लक्ष्यसहित दुवै नेताका सहकर्मीहरू सक्रिय रूपमा सहमतिको विस्तृत खाका तयार पारिरहेका छन्। यसका लागि असीम शाह र कुमार बेनले समन्वय गरिरहेका छन्। छलफलमा नयाँ वा एकीकृत पार्टीको […]

समाचार

लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौ। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका बेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन सोमबार जाने भएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै लेखकले आयोगले घटना बारे जानकारी लिन बोलाएकाले आफू बयान दिन जान सहमत भएको बताए। आयोगले सुरुमा शुक्रबार बोलाए […]

राजनीति

बालेनलाई भेटे बाबुरामले

काठमाडौ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरू एकताबद्ध हुनुपर्ने सपना आफूले पछिल्लो १० वर्षदेखि देख्दै आएको बताएका छन्। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विचार र एजेन्डामा सहमति बनाएर सबै एक भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। डा. भट्टराईका अनुसार यही विषयमा परामर्श […]