समाचार

समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पाँच पूर्वमन्त्री सहित भ्रष्टाचार मुद्दामा ५६ जना प्रतिवादी

पोखरा : पोखराअन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ५६ जना विरुद्ध मुद्दा दायर गरेको छ। आयोगले ८ अर्ब ३३ करोड रुपैयाँ बिगो कायम गरेको छ। यसमा पाँच पूर्वमन्त्री सहित उच्च तहका पूर्वअधिकारी, इन्जिनियर, कर्मचारी र ठेकेदार कम्पनी सामेल छन मुद्दामा परेका ५६ प्रतिवादीहरूको सूची १. रामकुमार श्रेष्ठ२. […]

खेलकुद

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने हुनेछन्

काठमाडौं:नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा विराटनगर किंग्सले शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायर वानमा प्रवेश गरेको छ। १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै पूरा गर्दै रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्‍यो। विराटनगरका लागि फाफ डु प्लेसिस र साम हेजललेटले पहिलो पावरप्लेमा ८७ रन जोडी शुरुवात गरे। फाफले १९ बलमा अर्धशतक प्रहार गरे […]

समाचार

श्रीलंकाली समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ता

काठमाडौं:प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाका प्रधानमन्त्री डा. हरिणी अमरसुरिया बीच आज साँझ टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा श्रीलंकाली प्रधानमन्त्री अमरसुरियाले नेपाल सरकारले बाढी प्रभावितहरूको राहत एवं उद्धारका लागि उपलब्ध गराएको २ लाख अमेरिकी डलर बराबरको सहयोग प्रति आभार व्यक्त गरिन्। नेपालले विपद्मा परेका श्रीलंकाली जनताको सहयोगार्थ आपत्कालीन सहायता प्रदान गरेपछि अमरसुरियाले प्रधानमन्त्री कार्कीलाई टेलिफोन […]

समाज

कोटेश्वर–जडीबुटी अन्डरपास र फ्लाइओभर बनाउन जापानले ३१ अर्ब बराबरको ऋण दिने

काठमाडौं :नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि करिब ३१.७६ अर्ब रुपैयाँ बराबरको ऋण सहायता सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा सम्झौता हस्ताक्षर गरिएको हो। जापानले ३४.५९ अर्ब जापानी येन बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ। जाइका मार्फत उपलब्ध हुने ऋणमा १० वर्ष ग्रेस अवधि, […]

राजनीति

काठमाडौँमा आज उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा

काठमाडौँ: कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज बुधबार औपचारिक रूपमा घोषणा हुँदैछ। कार्यक्रम १–४ बजे सम्म प्रज्ञा भवन, कमलादी काठमाडौँमा आयोजना हुने तय गरिएको छ। घोषणा सभामा प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङ हुनेछन्। सोही अवसरमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र २०८२ को घोषणापत्र पनि सार्वजनिक गरिनेछ बताइएको छ।

शिक्षा / राेजगारी

विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई संघीय अनुदान रोक्ने चेतावनी दिएका छन्। उनले सबै पालिकालाई नियमअनुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताए। मन्त्री पुनका अनुसार केही पालिकाले विद्यालय व्यवस्थापन समिति बिना मनोमानी ढंगले विद्यालय सञ्चालन गर्दै आएको पाइएको छ। यस्तो अवस्थामा सरकारले ती पालिकाको […]

समाचार

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यास यथावत्

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटेको छ भने हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य भने प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ। नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुने निगमले जनाएको छ। पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् […]

राजनीति

उज्यालो नेपाल पार्टीको घोषणा सभामा उर्जामन्त्री कुलमान उपस्थित हुने

काठमाडौं:उज्यालो नेपाल पार्टीले मंसिर १७ गते काठमाडौंको प्रज्ञा भवनमा आफ्नो आधिकारिक घोषणा सभा गर्ने भएको छ। पार्टी नेता महेन्द्र लावतीका अनुसार उक्त कार्यक्रमलाई विशेष बनाउँदै वर्तमान उर्जामन्त्री कुलमान घिसिङ प्रमुख अतिथि रहने छन्। लावतीका अनुसार सभामा उज्यालो नेपाल पार्टीले दीर्घकालीन दृष्टि, मूल ध्येय तथा विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गर्नेछ। उनले विभिन्न राजनीतिक शक्तिहरूसँग […]

राजनीति

रास्वपा र विवेकशील साझाबीच एकता समझदारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता गर्ने समझदारी बनेको छ। दुई पार्टीका उच्चस्तरीय नेताहरू बीच भएको संवादपछि सहमति जुटेको रास्वपाका नेता तथा सचिवालय सदस्य शिशिर खनालले जानकारी दिएका छन्। खनालका अनुसार दुवै पार्टीले एकता प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउने निर्णय गरिसकेका छन्। एकता सम्बन्धी औपचारिक घोषणा आगामी आइतबार राष्ट्रिय सभागृहमा […]

अन्तराष्ट्रिय

भारतले नेपाली भाषामा संविधान अनुवादित गर्‍यो

नयाँ दिल्ली : भारतले बुधबार आफ्नो ७६ औँ संविधान दिवस मनाउँदै संविधानको नेपाली भाषामा अनुवादित प्रति सार्वजनिक गरेको छ। विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले नेपाली सहित मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलुगु, ओडिया र असमिया गरी ९ भाषामा संविधानको अनुवाद जारी गरेकी छन्।