समाचार

खेलकुद

नेपाल ‘ए’ले आसामलाई १९७ रनको लक्ष्य प्रस्तुत

गुवाहाटी (भारत) : पाँच खेलको टी–२० सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ले आसामलाई १९७ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रनको मजबूत योगफल बनायो। नेपालका लागि सन्दीप जोराले आक्रामक ७४ रनको पारी खेले भने आदिल आलमले ३५, तृत दासले ३३ र अनिल साहले ३१ रन […]

अन्तराष्ट्रिय

युक्रेनका पूर्व सभामुख एन्ड्री पारुबियको गोली हानी हत्या

युक्रेनका पूर्वसभामुख एन्ड्री पारुबियको शनिबार दिउँसो लभिभमा गोली हानी हत्या गरिएको छ। अधिकारिहरूका अनुसार फ्रान्किभ्स्क जिल्लामा ई-बाइकमा आएका एक व्यक्तिले कुरियरको भेषमा पारुबियमाथि धेरै पटक गोली प्रहार गरेका थिए। घटनापछि उनलाई गम्भीर घाइते अवस्थामा अस्पताल लैजाने प्रयास गरिए पनि बचाउन सकिएन। ५४ वर्षीय पारुबिय सन् २०१४ को युरोमैदान आन्दोलनका अगुवा नेतामध्ये एक हुन्। उक्त आन्दोलनले […]

समाचार

मिस नेपाल २०२५’ को ताज लुना लुँइटेललाई

काठमाडौं : यस वर्षको ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले जितेकी छन्। आयोजक संस्था द हिडन ट्रेजरले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्वेन्सन सेन्टरमा भव्य फिनाले आयोजना गर्दै लुँइटेललाई विजेता घोषणा गरेको हो। यसअघिका अडिसनहरू काठमाडौंसहित मुलुकका विभिन्न सहरमा सम्पन्न गरिएका थिए। ती अडिसनमार्फत छनोट भएका २६ जना प्रतियोगीबीच अन्तिम प्रतिस्पर्धा भएको थियो।

राजनीति

लिङ्देनको ओलीलाई चुनौती : ‘प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित निर्वाचनमा आउनुस्’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहितको निर्वाचनमा प्रतिष्पर्धा गर्न खुलेर चुनौती दिएका छन्। शनिबार झापाको बिर्तामोडमा आयोजित पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले जनता माझ आफू माथि लोकप्रियता भएको दाबी गर्ने ओलीलाई संविधान संशोधन मार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा […]

राजनीति

वीरगन्जमा पूर्वराष्ट्रपति भण्डारीलाई ५१ किलोको माला अर्पण

वीरगन्ज : पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई वीरगन्जमा एमाले कार्यकर्ताले भव्य सम्मान गरेका छन्। शनिबार बिहान उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन भण्डारी वीरगन्ज पुगेकी थिइन्। सो अवसरमा नेता–कार्यकर्ताले उनलाई ५१ किलोको माला लगाइदिएर स्वागत गरेका थिए। बिहान सिमरा विमानस्थलमै एमाले कार्यकर्ताले उनको स्वागत गरेका थिए भने वीरगन्ज […]

खेलकुद

अभ्यास खेलमा साउथ अस्ट्रेलियाले नेपाललाई दियो २४३ रनको लक्ष्य

काठमाडौं : अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियाविरुद्धको वान डे अभ्यास खेलमा २४३ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको साउथ अस्ट्रेलिया निर्धारित ४५ ओभरमै २४२ रनमा अलआउट भयो। यस क्रममा ह्यारी मानेन्तीले ६३ तथा दुवित हूगानबोजमले ५३ रनको योगदान दिए। रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन […]

समाचार

चीन भ्रमणअघि मेयर बालेनको आग्रह : “लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोस्”

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै संवेदनशील सन्देश दिएका छन्। उनले लिपुलेक सम्बन्धी विषयलाई चीनसँग स्पष्ट रूपमा उठाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। सामाजिक सञ्जालमार्फत मेयर साहले लेखेका छन्, “चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकता माथिको अतिक्रमण […]

समाचार

भूमिसम्बन्धी संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं : प्रतिनिधि सभाले शुक्रबार बहुमतले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ पारित गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधेयक पारित गर्न प्रस्ताव पेश गरेका थिए। छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारीले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउन विधेयक ल्याइएको स्पष्ट पारे। उनले […]

समाचार

अछामी युवाहरूको प्रश्न : “कहिले बल्छ अछाममा बिजुली ?”

काठमाडौं :अछामका युवाहरूले विद्युत विस्तारको माग गर्दै काठमाडौंको माइतीघरमा लाल्टिन बालेर प्रतीकात्मक प्रदर्शन गरेका छन्। कमलबजार नगरपालिका–७ का क्वालेख, जामा, फल्टाने, सुनदेवी, छडानदेवी लगायतका बस्ती अझै अध्यारोमै रहेकाले युवाहरूले ‘४ हजार परिवारलाई उज्यालो’ माग गर्दै सडकमा उत्रिएका हुन्। प्रदर्शनमा सहभागीहरूले अछामी भाषामा लेखिएका प्लेकार्ड बोकेर शान्तिपूर्ण विरोध गरेका थिए। उनीहरूले अधुरा पोलमा तार जोड, ४ […]

समाचार

सरकार र उखु किसानबीच आज वार्ता

काठमाडौं : सरकार र आन्दोलनरत उखु किसानबीच शुक्रबार बेलुकी सिंहदरबारमा वार्ता हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग पीडित किसान प्रतिनिधिहरूको भेटवार्ता आज साँझ ४ बजे तोकिएको छ। काठमाण्डौ केन्द्रित सातदिने आन्दोलनलाई स्थगन गर्दै किसानहरू वार्तामा बस्न तयार भएका हुन्। किसान नेता महाशंकर थिङका अनुसार आन्दोलनले तत्काल समाधान नल्याए शनिबारदेखि दोस्रो चरणको […]