समाचार

राजनीति

कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विषेश महाधिवेशनले बहुमतका आधारमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। नयाँ केन्द्रीय कार्यसमितिको सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्। सहमहामन्त्रीतर्फ महिलाबाट डिला संग्रौला, […]

समाचार

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता

काठमाडौ। महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ। यससँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा रहेका ती अभियोग फिर्ता हुनेछन्। यद्यपि, सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने र अभियोगपत्र मात्र संशोधन गरिने महान्यायाधिवक्ता सबिता भण्डारी बरालले […]

राजनीति

गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा

काठमाडौँ। सानेपामा बसेको शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनमा सहभागी भएका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्ने निर्णय गरेको केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिएका छन्। बुधबार बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा सहभागी भएका नेताहरू […]

समाचार

सिन्धुली एसबीआई बैंकमा ठूलो लुट

काठमाडौं। सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकास्थित एसबीआई बैंकमा हतियारधारी लुटेरा समूहले सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब तीन करोड सात लाख रुपैयाँ लुटपाट गरेको छ। साँझ साढे ७ बजेतिर भएको घटनामा लुटेराले पेस्तोल देखाएर कर्मचारीका हातखुट्टा बाँधी रकम लुटेको बताइएको छ। लुटपाटपछि प्रयोग गरिएको बिएडी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेटको सवारी साधन र केही रकम प्रहरीले […]

राजनीति

कांग्रेस फुटको संघारमा, देउवा–महामन्त्रीद्वय अन्तिम वार्तामा

काठमाडौं। नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक द्वन्द्वका कारण पार्टी विभाजनको संघारमा पुगेको छ। विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच विभिन्न चरणमा वार्ता भए पनि मुख्य एजेण्डामा सहमति नजुट्दा समस्या झन जटिल भएको हो। विभाजन रोक्ने अन्तिम प्रयासस्वरूप सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफलका लागि बोलाएका छन्। विशेष महाधिवेशन पक्षधरले १५औँ महाधिवेशन […]

राजनीति

उज्यालो नेपालले राष्ट्रिय परिवर्तन पार्टीको नामबाट समानुपातिक सूची अद्यावधिक गर्न आयोगमा निवेदन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएपछि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीको नामबाट समानुपातिक सूची अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। उज्यालो नेपालले कात्तिक ३० गते दर्ता भएको राष्ट्रिय परिवर्तन पार्टीको नाम र बाँसुरी चुनाव चिह्न प्रयोग गरी सूची बुझाएको हो। दुवै पार्टीबीच समानुपातिक सूचीमार्फत अघि बढ्दै पार्टी एकता गर्ने समझदारी […]

राजनीति

विशेष महाधिवेशनमा गगन र विश्वका मुख्य प्रस्तावहरु यस्ता छ्न

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी तथा राज्य संरचनामा सुधार लक्षित गर्दै महत्त्वपूर्ण प्रस्तावहरू अघि सारेका छन्। उनीहरूले प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका हुन्। प्रस्तावअनुसार पार्टीभित्र प्राइमरी निर्वाचनको व्यवस्था लागू गर्ने, निर्वाचनअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने र समानुपातिक प्रणालीबाट एक पटकमात्र सांसद […]

राजनीति

देउवा विशेष महाधिवेशनमा नजाने

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहभागी नहुने भएका छन। सभापतिका स्वकीय सचिव भानु देउवाका अनुसार सामाजिक सञ्जालमा देउवा भृकुटीमण्डप जाने भन्ने गलत सूचना फैलाइएको भन्दै त्यसको खण्डन गरेका हुन। सचिवालयले सभापति देउवा उक्त कार्यक्रममा जाने कुनै कार्यक्रम नरहेको जनाएको छ।

समाज

जनसंख्या घट्दै गएपछि, तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार दिने

स्याङ्जा। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले घट्दो जनसंख्या नियन्त्रण गर्ने उद्देश्यले नयाँ रणनीति अघि सारेको छ। गाउँपालिकाले कार्यविधि नै निर्माण गरी तीन सन्तान जन्माउने परिवारलाई आर्थिक अनुदान दिने निर्णय गरेको हो। यस रणनीति अनुसार, तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिनेछ। गाउँपालिकाका अनुसार बसाइँसराइ, घट्दो जन्मदर र जनसंख्या वृद्धिदरमा आएको कमीलाई सम्बोधन […]

राजनीति

रास्वपा–उज्यालो नेपाल पार्टीको एकता भंग, कुलमानका प्रस्ताव मुख्य कारण

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता भंग भएको घोषणा गरेको छ। रास्वपाका अनुसार कुलमान घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउने, निर्वाचन क्षेत्रको सिट बाँडफाँड गर्ने, पार्टीका अन्य पदाधिकारीमा आफ्ना प्रतिनिधि नियुक्त गर्ने र केन्द्रीय सदस्यहरूको समायोजन गर्ने जस्ता बहुसंख्यक प्रस्तावहरू ल्याएपछि सहकार्य अघि बढ्न नसकेको जनाएको […]