समाचार

समाचार

साँफेबगरमा ‘ अछाम च्याम्पियन्स ट्रफी’ खुला क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन

अछाम ( साफेबगर ) : अछामको साँफेबगरमा खेलप्रेमी युवाहरूको जोश र उत्साहबीच ‘ अछाम च्याम्पियन्स ट्रफी’ खुला क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ।“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता साँफेबगर युवा युनाइटेड क्लबको आयोजनामा रिडिकोट–बडासैन खेलमैदानमा सुरु गरिएको हो। प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रका २६ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष […]

समाचार

५३२ स्वकीय सचिव हट्दा वार्षिक २४ करोड ६४ लाख बचत

अनुत्पादक खर्च घटाउने सरकारको प्रयास अन्तर्गत सांसद र प्रदेशसभा सदस्यका स्वकीय सचिव हटाइने भएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले गरेको निर्णय अनुसार सातै प्रदेशका ४७३ र राष्ट्रियसभाका ५९ जना स्वकीय सचिवको पद खारेज हुने भएको हो। यस निर्णय कार्यान्वयन भएपछि राज्यकोषमा वार्षिक करिब २४ करोड ६४ लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ। कोशी प्रदेशसभा […]

अर्थतन्त्र

बक्यौताअसुलीमा सरकारको कडाइ, असोज मसान्त भित्र मौज्दात बुझाउन निर्देशन

काठमाडौँ : सरकारले बक्यौता असुली र बेरुजु रकम व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ। असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले खर्च कटौती सम्बन्धी निर्णय गर्दै बक्यौता रकम तुरुन्त असुल गर्न र मौज्दात रकम असोज मसान्त भित्र अनिवार्य रूपमा दाखिला गर्न निर्देशन दिएको हो। अर्थ मन्त्रालयका अनुसार अब कर राजस्व र गैरकर राजस्व असुली प्रभावकारी बनाउन […]

समाचार

प्रतिफल नदिने सार्वजनिक संस्थानमा सरकारी लगानी रोक्ने निर्णय

काठमाडौँ :सरकारले अब प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा लगानी नगर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका अनुसार सरकारले अब प्रतिफलयुक्त आयोजना, वैदेशिक सहायतामा सञ्चालित आयोजना र नागरिकप्रतिको दायित्व पूरा गर्नुपर्ने विषयका आयोजना बाहेक अन्य सार्वजनिक संस्थानमा सेयर वा ऋण लगानी नगर्ने नीति लिएको हो। गत असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय अनुमोदन गरेको हो। […]

राजनीति

कारागार बाट निस्किएका रविबारे रास्वपाको स्पष्टीकरण

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको नख्खु कारागारबाट भदौ २४ गते भएको रिहाइ बारे प्रष्ट पार्दै प्रशासन कै आग्रहका कारण उनलाई बाहिर ल्याउनुपरेको बताएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकपछि सह–प्रवक्ता प्रतिभा रावलले सञ्चारकर्मीहरूलाई जानकारी दिँदै भनिन्, “त्यो दिन कारागार प्रशासनले सभापति लामिछानेको सुरक्षा सम्बन्धी चिन्ता व्यक्त […]

खेलकुद

अछाम च्याम्पियन्स ट्रफी २०८२, टिम दर्ता खुला, तयारी तिब्र

साँफेबगर (अछाम) : साँफेबगर युथ युनाइटेड क्लबको आयोजनामा हुने बहुप्रतिक्षित अछाम च्याम्पियन्स ट्रफी २०८२ का लागि टिम दर्ता खुला गरिएको छ। आयोजकले यस वर्षको प्रतियोगितालाई अझ अनुशासित, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन विशेष नियमावली लागू गरिएको जनाएको छ। प्रतियोगिता टेनिस बल क्रिकेटमा हुनेछ। समूह चरणका खेलहरू T-10 फर्म्याटमा, प्ले अफका खेलहरू १२ ओभरमा र फाइनल खेल […]

समाचार

स्मार्ट लाइसेन्स डेटा सुरक्षित, पञ्जीकरण विभागबाट छाप्ने तयारी

काठमाडौं : मीनभवन स्थित यातायात व्यवस्था विभागमा जेनजी आन्दोलनका क्रममा भएको आगलागीले भवन र उपकरणहरूमा ठूलो क्षति पु¥याए पनि स्मार्ट लाइसेन्सको डेटा भने पूर्ण रूपमा सुरक्षित रहेको पाइएको छ। विभागका कर्मचारीका अनुसार ब्याकअपमा रहेको डेटा सफलतापूर्वक रिकभर गर्न सकिने अवस्थामा छ भने छिट्टै सेवाप्रवाह सुरु गर्न सकिने तयारी भइरहेको छ। भदौ २३ र २४ गते […]

समाचार

ऊर्जामन्त्री घिसिङले तलबभत्ता र सुविधा नलिने

काठमाडौं : नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै तलबभत्ता, सुरक्षा लगायत सुविधा नलिने घोषणा गरेका छन्। मन्त्री घिसिङले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गरिने जानकारी दिएका छन्। यस सँगै, नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय पनि उनले गरेका छन्। पदभार ग्रहण समारोहमा उनले आफूलाई ‘माननीय’ […]

समाचार

अर्थमन्त्री खनालको पहिलो निर्णय टुक्रे आयोजना कार्यान्वयन नगर्ने

काठमाडौं : नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहणलगत्तै टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खनालले पूर्वतयारी विना सञ्चालन गरिँदै आएका योजनाहरू रोक्ने घोषणा गरेका हुन। उनले अनावश्यक खर्च कटौती गरी युवाका माग पूरा गर्ने र निर्वाचन तयारीलाई प्राथमिकता दिने स्पष्ट गरे। “अबको प्राथमिकता युवाका माग पूरा गर्नु […]

समाचार

जेनजी आन्दोलनका घटनाबारे छानबिन समिति गठन हुने

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न सरकार समिति गठन गर्ने बताएका छन्। सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरू सँग कुरा गर्दै उनले आन्दोलनका क्रममा देशभर भएका आगजनी र मानवीय क्षतिबारे सत्यतथ्य सार्वजनिक गर्न छानबिन समिति गठन हुने स्पष्ट गरे। “जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन्। ती घटनाको […]