राजनीति

रक्षाबन्धनमा रास्वपाको विशेष कार्यक्रम, रविको कटआउटमा राखी बाँध्ने

काठमाडाै:सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा पार्टीले अनौठो तर भावनात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ। जनैपूर्णिमा र रक्षाबन्धनको अवसर पारेर शनिबार, श्रावण २४ गते, रवि लामिछानेको कटआउट (डमी तस्बिर) मा राखी बाँध्ने कार्यक्रम तय गरिएको हो। पार्टीका नेता दीपक बोहराका अनुसार, यो कार्यक्रम भैरहवा कारागार गेट अगाडिको मन्दिर प्राङ्गणमा र काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालय नजिकको स्थानमा एकै समयमा हुनेछ। दिउँसो १ बजेदेखि ४ बजेसम्म सहभागीहरूले लामिछानेको कटआउटमा राखी बाँधी अन्यायविरुद्ध ऐक्यबद्धता जनाउन सक्नेछन्। “रक्षाबन्धनका दिन रवि लामिछानेज्यूको प्रतिकात्मक उपस्थितिमा राखी बाँधेर सत्य र न्यायका पक्षमा आवाज उठाऔँ,” भन्दै बोहराले नागरिकलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।

रास्वपाको यो कार्यक्रमलाई भावनात्मक समर्थनसहितको राजनीतिक सन्देशका रूपमा हेरिएको छ, जसले लामिछानेप्रतिको जनभावनालाई सार्वजनिक रूप दिने प्रयास गरेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :