काठमाडौं – काठमाडौं महानगरपालिका–३१ अन्तर्गत शंखमुल गणेशमार्गको सडक वैशाख देखि खनिएको भए पनि महिनौं बित्दा पनि मर्मत नहुँदा स्थानीयवासी आक्रोशित भएका छन्।
स्थानीयहरूका अनुसार सडकको मर्मतमा वडा र ठेकेदार कम्पनी दुबै पक्षले लापरबाही गरेको छ। खनेको सडक वर्षायाममा हिलाम्मे र धुलो मौसममा धुलाम्य हुने भएकाले दैनिक आवतजावतमा असुविधा भइरहेको गुनासो छ।
सडक तत्काल मर्मत गर्नुपर्ने माग गर्दै स्थानीयहरूले सम्बन्धित निकायलाई दबाब दिइरहेका छन्।
तस्वीर/सूचना : नेपाल फोटो लाइब्रेरी









