समाचार

डडेल्धुरा जीप दुर्घटना : सबै मृतक र घाइतेको सनाखत परिचय खुल्यो

डडेल्धुरा :नवदुर्गा गाउँपालिका–५, चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखत भएको छ।

ज्यान गुमाउनेमा १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्।

दुर्घटनामा घाइते हुनेमा १८ वर्षीया सुशिला बिक, ४ वर्षीय प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र चालक ३५ वर्षीय रामबहादुर साउद छन्। घाइतेमध्ये बिक र रामबहादुरको अवस्था गम्भीर छ।

मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल लगिएको छ भने दुर्घटनाको कारण खुलेको छैन।

सेयर गर्नुहोस् :