समाचार

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

काठमाडौ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ। माघ ११ गते हुने निर्वाचनलाई लक्षित गर्दै सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो।

आयोगको पुस ७ गतेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ अनुसार यो निर्णय गरेको हो। नियुक्त अधिकृतहरू पुस १५ गतेदेखि जिम्मेवारीमा खटिनेछन् र पुस १६ गते सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम तय गरिएको छ।

सूची हेर्नुहोस्

सेयर गर्नुहोस् :