काठमाडौ। ऊर्जामन्त्री कुलमान घिसिङले एकताको सही अर्थ कसैलाई समाप्त गर्नु नभई सबैको अस्तित्व स्वीकार गर्दै सम्मानपूर्वक अघि बढ्नु भएको बताएका छन्। शनिबार काठमाडौंको बौद्धमा आयोजित उज्यालो नेपाल पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले जनताको चाहना नयाँ राजनीतिक शक्तिहरू अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकजुट होऊन् भन्ने रहेको उल्लेख गरे।
घिसिङले देश अब पुरानै ढर्राबाट अघि बढ्न नसक्ने भन्दै नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशा आवश्यक भएको बताए। आगामी फागुन २१ गतेको निर्वाचनलाई देशको भविष्य बदल्ने अवसरका रूपमा लिन आग्रह गर्दै, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न नागरिक सचेत हुनुपर्नेमा जोड दिएका छन।
उज्यालो नेपाल पार्टीले देशभर संगठन विस्तार गर्दै सानो झिल्कोबाट सुरु भएको अभियानलाई राष्ट्रिय अभियानमा रूपान्तरण गरेको बताए। उनका अनुसार यो फैलिँदो उज्यालोले भविष्यमा देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गरिरहेको छ उनले भने ।





