काठमाडौं। अमेरिका भ्रमण गर्ने बी१ / बी२ भिसाका लागि नेपाली नागरिकहरूले अब धरौटी रकम राख्नुपर्ने भएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार २६ जनवरीदेखि लागू हुने यस नियमअन्तर्गत भिसा आवेदकले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी पेस गर्नुपर्नेछ। भिसा अन्तर्वार्ताका बेला धरौटी रकम तोकिने भए पनि धरौटी राख्दैमा भिसा सुनिश्चित भने हुने छैन। निर्धारित समयभित्र अमेरिका छाडेमा धरौटी रकम फिर्ता हुने जनाइएको छ।
यो व्यवस्था नेपालसहित हालसम्म ३८ देशका नागरिकहरूका लागि लागू भएको छ।





