काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले करिब २ हप्तापछि आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार भई प्रधानमन्त्री बन्ने सहमति भएपछि उनले कानुनी बाध्यता अनुसार माघ ६ गतेभित्र राजीनामा दिनुपर्ने भएको हो। मेयर शाहको कार्यकाल अझै १६ महिना बाँकी रहे पनि उम्मेदवारीका कारण उनले बाँकी कामहरू समेट्दै दुई हप्ताभित्र राजीनामा दिने तयारी गरेको उनका प्रमुख स्वकीय सचिवले बताएका छन्।





