काठमाडौ। नेकपा (एमाले) ले गोरखा–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चक्रे मिलन (मिलन गुरुङ) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। च्यासलमा बसेको पार्टी सचिवालय बैठकले उनलाई टिकट दिने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
चक्रे मिलन आपराधिक पृष्ठभूमिका कारण विवादित पात्रका रूपमा चिनिन्छन्। उनीमाथि सर्वसाधारणलाई आतंकित पार्ने गतिविधिदेखि ज्यान मार्ने उद्योगसम्मका मुद्दा चल्दै आएका छन् र विभिन्न समयमा पक्राउ परेर धरौटीमा रिहा हुँदै आएका छन्। प्रहरीको अभिलेखअनुसार उनीविरुद्ध १२ पटकभन्दा बढी मुद्दा दर्ता भएका छन्।




