समाचार

बालेन शाह जनकपुर आइपुगे, समर्थकको भीडले विमानस्थलको ढोका फुट्यो

काठमाडौ। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह जनकपुरधाम आइपुगेका छन्। आइतबार राजीनामा दिएपछि उनी घण्टीघर हुँदै जनकपुर प्रस्थान गरेका हुन्।

जनकपुर विमानस्थलमा बालेन शाह सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अरु नेताहरूलाई स्वागत गर्न ठूलो संख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरू उपस्थित भएका थिए। स्वागतका क्रममा विमानस्थलको बाहिरिने ढोकामा अत्यधिक भिड भएपछि धकेलाधकेल भएको थियो।

धकेलाधकेलका क्रममा बाहिरिने विमानस्थलको सिसाको ढोका फुटेको जनाइएको छ। ढोका फुटेपछि सुरक्षाको कारण देखाउँदै बालेन शाह र रवि लामिछाने केही समय विमानस्थलभित्रै रोकिएका थिए।

सेयर गर्नुहोस् :