समाचार

देउबा चुनाव नलड्ने

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन्। उनका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार देउवाले चुनावमा भाग नलिने निर्णय गरेका हुन्।

देउबाले डडेल्धुराबाट टिकट मागे पनि कांग्रेसले टिकट नदिएपछि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षकको भूमिकामा रहन आग्रह गरेको थियो। २०४८ सालदेखि डडेल्धुराबाट निरन्तर चुनाव लड्दै आएका देउवा सात पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :