काठमाडौ। निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ। आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार, बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नाम परेको प्रमाण पेस भएपछि यो निर्णय गरिएको हो।
कर्जा सूचना केन्द्रको विवरण अनुसार किशोरी साह २०८० सालको कालोसूचीमा शेयरधनी र चेक बाउन्ससम्बन्धी मुद्दामा नाम परेको पाइएको थियो।





