काठमाडौ। संयुक्त अधिराज्य बेलायतले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन पछि गठन हुने सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।
काठमाडौ स्थित बेलायती राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा मार्च ५ (फागुन २१) मा हुने निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अभ्यासका रूपमा उल्लेख गर्दै त्यसपछि बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न बेलायत प्रतिबद्ध रहेको बताइएको छ।





