समाचार

प्रधानन्यायाधीश सिफारिस विरुद्ध १६ उजुरी, संसदीय सुनुवाइ मंगलबार अघि बढ्ने

काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्ध परेका उजुरी माथि संसदीय सुनुवाइ प्रक्रिया मंगलबार देखि अघि बढाइने भएको छ। समितिले दर्ता भएका १६ वटा उजुरीको प्रारम्भिक प्रक्रिया पूरा गर्दै छलफल अघि बढाउने तयारी गरेको हो।

संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान ८ बजे बस्नेछ भने जहाँ उजुरीहरू खोल्ने र सांसदहरूलाई वितरण गर्ने कार्य गरिनेछ। त्यसपछि बिहान १० बजे देखि उजुरीकर्तासँग छलफल सुरु गर्ने तयारी गरिएको समितिले जनाएको छ।

गत वैशाख २६ गते बसेको समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको थियो जस अनुसार तोकिएको समयसीमा भित्र १६ वटा उजुरी दर्ता भएका हुन्।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रारम्भिक प्रक्रिया सम्पन्न भएपछि सुनुवाइ निरन्तर रूपमा अघि बढाइनेछ।

सेयर गर्नुहोस् :