काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महाराजगन्ज स्थित निवास पुर्याउने गाडी चालक ट्राफिक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरी वृत्त महाराजगन्जले वाग्मती प्रदेश ०१–०२९ च ९३४३ नम्बरको गाडीका चालकलाई शनिबार कारबाही गरेको हो।
ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले चालकलाई चिट काटेको जनाएको छ।
देउवा गत २८ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। विमानस्थलबाट सोही गाडीमा उनी महाराजगन्जस्थित निवास पुगेका थिए।
देउवालाई घर पुर्याएको केही दिनपछि उक्त गाडीका चालक ट्राफिक नियम उल्लंघन गरेको भन्दै कारबाहीमा परेका हुन्।




