समाचार

प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष सेठ बीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष धिरज सेठबीच मंगलबार भेटवार्ता भएको छ।

सेनाध्यक्ष सेठसँगको भेटमा नेपाल–भारत सम्बन्ध, पारस्परिक हित तथा दुई देशबीचको सहयोगका विषयमा छलफल भएको जनाइएको छ। भेटका क्रममा सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने तथा आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ।

भारतीय स्थल सेनाध्यक्ष सेठ आइतबार नेपाल आएका थिए। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।

सेयर गर्नुहोस् :