गण्डकी। परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार पोखरा आएका प्रधानमन्त्री वालेन्द्र शाह आज मुस्ताङ तर्फ प्रस्थान गरेका छन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार प्रधानमन्त्री शाह स्थलमार्गबाट मुस्ताङतर्फ गएका हुन्। यद्यपि प्रधानमन्त्रीको भ्रमणको पूर्ण विवरण आफूलाई जानकारी नभएको उनले बताएका छन्।
मुस्ताङ पुगेपछि प्रधानमन्त्री शाहले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणलाई निजी भ्रमणका रूपमा लिइएको छ।




