काठमाडौं। लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति ‘मोरे सैयाँ’ सार्वजनिक भएको छ। सुशीला गौतम र गायक खेम सेन्चुरीको संयुक्त स्वर रहेको गीतमा प्रेमभाव सँगै नेपाली मौलिक संस्कृति र परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
गीतका शब्द नेत्र अर्यालले रचना गरेका हुन् भने संगीत तथा हुकलाइन खेम सेन्चुरीले तयार पारेका छन्। गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका छन् भने संगीत संयोजन एचबीएन किस्मतको रहेको छ।
सुनिल बीकेको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा र गायक खेम सेन्चुरी मुख्य भूमिकामा देखिएका छन्। नेपाली मौलिक पहिरन तथा पर्यटकीय नगरी सौराहाको प्राकृतिक र मनोरम परिवेशलाई भिडियोमा समेटिएको छ, जसले गीतको कथावस्तु र भावलाई थप जीवन्त बनाएको निर्माण पक्षले जनाएको छ।
भिडियोको छायांकन अनिल के. मानन्धरले गरेका छन् भने सम्पादन प्रविन भट्टको रहेको छ।
गल्बन्दी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको ‘मोरे सैयाँ’ सुशीला गौतमको आधिकारिक युट्युब च्यानल सहित विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ।




