काठमाडौ। अमरेश कुमार सिंह रास्वपा नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन्। सर्लाही–४ बाट निर्वाचित सिंहले गगन थापा लाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका थिए।
काठमाडौ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अब नेपाली कांग्रेसको भ्रातृ संगठन नरहने निर्णय गरेको छ। शुक्रबार बसेको नेविसंघको सिनेट बैठकले संगठनलाई पूर्ण रूपमा स्वायत्त बनाउने निष्कर्ष निकालेको हो। बैठक पछि प्रवक्ता सुरज सेजुवालले पार्टीको प्रत्यक्ष निर्देशनमा चल्नुपर्ने बाध्यताले विद्यार्थी आन्दोलन प्रभावकारी बन्न नसकेको बताए। उनका अनुसार अब नेविसंघले स्वतन्त्र रूपमा आफ्ना कार्यक्रम र गतिविधि सञ्चालन गर्नेछ। […]
काठमाडौँ। लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई नेकपा एमाले, नेकपा र अन्य सहितका प्रतिपक्ष दलहरूले सघाउने सहमति जुटेको छ। बिहीबार सिंहदरबारमा बसेको प्रतिपक्ष दलहरूको बैठकले लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो। कांग्रेसका एक सांसदका अनुसार बैठकमा उक्त सहमति बनेको हो। यस अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि संसदीय दलको बैठक मार्फत […]
काठमाडौ। सर्वोच्च अदालतले किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ। कर्जा सूचना केन्द्र ले कालोसूचीमा राखेपछि निर्वाचन आयोग नेपाल ले धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार साहको उम्मेदवारी खारेज गरेको थियो। अदालतको आदेशपछि उनको उम्मेदवारी कायम रहने बाटो खुलेको छ। तर त्यो क्षेत्रमा भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मात्रिका यादव निर्वाचित भइसकेका […]